प्रहरीमा हुने आर्थिक चलखेल शून्यमा झारेको गृहमन्त्री श्रेष्ठको दाबी
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीको बढुवामा हुने आर्थिक चलखेल शून्यमा झारेको दाबी गरेका छन् । शुक्रबार बिहान केही सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री श्रेष्ठले प्रहरीको बढुवामा आर्थिक चलखेल शून्यमा झारेको दाबी गरेका हुन् ।
‘प्रहरीको सरुवा बढुवामा हुने आर्थिक चलखेल शून्यमा झारेको छु । मेरो सचिवालयले कहीँ आर्थिक चलखेल गरेको देखाउनुभयो भने म राजनीति नै गर्दिन’ श्रेष्ठको भनाइ छ ।
प्रहरीमा वरिष्ठ प्रहरी निरीक्षक (असई)बाट इन्स्पेक्टर (प्रहरी निरीक्षक) मा बढुवा गर्ने तयारी भइरहेको छ । ३७ जनामध्ये २६ जना पीएसओहरुमात्र रहेको बुझिएको छ ।
फरक प्रसङ्गमा मन्त्री श्रेष्ठले मिटरव्याजीहरुलाई कारवाहीका लागि कानुन बनाएर कारबाही गर्नुपर्छ भनेर सुरु देखि आफू लागेको पनि बताए । ‘म मिटरव्याजीलाई कानुन बनाएर कारबाही गर्नुपर्छ भनेर सुरु देखि नै लागेँ, तर कानुन बनाउने अन्तिम समयमा संसद् अवरुद्ध भयो र पास हुन दिइएन’, श्रेष्ठको गुनासो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण