कांग्रेस जिल्ला सभापति बैठकको निर्णय : बदलिएको र बलियो कांग्रेस बनाउने प्रतिबद्धता
काठमाडौँ । नेपाली कांग्रेसले जिल्ला सभापतिहरूको बैठकबाट १४ बुँदे प्रतिबद्धता पारित गरेको छ । बिहीबार र शुक्रबार बसेको जिल्ला सभापतिहरूको बैठकले 'बदलिएको कांग्रेस र बलियो कांग्रेस बनाउने' प्रतिबद्धता गरेको हो ।
बैठकपछि महामन्त्री विश्वप्रकाश शर्माले जिल्ला सभापतिको भेलाले १२-१४ बुँदे प्रतिबद्धता गरेका जानकारी दिए । उनले भने,'महामन्त्रीहरूले बैठक नबोलाउँदा किन नगर्ने भनियो, अहिले विधानले दिएको व्यवस्था अनुसार बोलाउँदा किन बोलाएको भनिँदै रहेछ ।'
महामन्त्री शर्माले जिल्ला सभापतिहरूको भेला पार्टी सभापतिलाई जानकारी नदिईकन गरियो भन्ने कुरा बेकारको भएको बताए । उनले सभापतिलाई जानकारी दिएर भेलाको आयोजना गरिएको प्रष्ट पारे ।
'सभापतिसित कतिपय विषयमा फरक मत हुँदै गर्दा विगतको प्रचलन भनेको होटलमा भेला गर्ने, सभापतिविरुद्ध एक प्रकारको धारणाहरु सार्वजनिक गर्ने हुने गरेको थियो', महामन्त्री शर्माले भने,'अहिले सभापतिहरूको भेला केन्द्रीय कार्यालयमा भइरहेको छ र पार्टीको क्रियाशील सदस्यहरुलाई कसरी व्यवस्थित बनाउने, सबै तहको सम्मेलनहरु गरेर जाने भन्ने विषयमा कुरा भएको छ । यसमा कसैले पनि आशंका नगरौँ ।'
महामन्त्री शर्माका अनुसार भेलामा क्रियाशील सदस्य र पार्टी संगठकको सम्मेलनको विषयमा छलफल भएको छ । 'जिल्ला सभापतिहरूले पनि कुन कुन काम कसरी कसरी लिएर कार्यकर्तामा जाने भन्ने विषयमा साझा ढंगको प्रतिबद्धता ल्याउँदै हुनुहुन्छ । पार्टीलाई चलायमान बनाउने गरी छलफल भएको छ', उनले भने ।
महामन्त्री शर्माले सम्मेलनमा राष्ट्रिय राजनीति, जिल्लाको विषयमा छलफल भएको र जिल्ला सभापतिहरूले आफ्ना गुनासा सुनाएको बताए ।
'उहाँहरुका अप्ठ्यारा पार्टीको केन्द्रीय कार्यालयले बुझ्नुपर्छ । उहाँका कुरालाई सम्बोधन गर्नुपर्छ । उहाँलाई बलियो बनाउनु पर्छ', महामन्त्री शर्माले भने, 'जिल्लामा संगठनलाई गति दिनुपर्छ । यसका लागि जिल्ला सभापतिको दुई दिने बैठक सार्थक भएको छ ।' बैठकमा जिल्ला सभापतिहरूले नवीन ऊर्जा र संकल्पका विषयमा प्रतिबद्धता गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविका ४०० प्राध्यापक कारबाहीमा, १३ करोड २६ लाख राजस्व फिर्ता
-
सुशासन, भ्रष्टाचार नियन्त्रण र सार्वजनिक सेवा सुधारमा सरकारका १३ उपलब्धि सार्वजनिक
-
मलाई अपमानित गर्नेहरू यही बुढाको हड्डी घोटेर मन्त्री र सांसद भए : प्रचण्ड
-
सरकारले संकलन गर्यो ११ हजारभन्दा बढी सम्पत्ति विवरण र उजुरी
-
बालेन सरकारको एक्सनः ११८ अर्बको बिगो दाबीसहित १०१ जनाविरुद्ध मुद्दा
-
विश्वकप पावर र्याङ्किङः अर्जेन्टिना शीर्षबाट ओर्लिँदा फ्रान्स र स्पेनले बनाए दाबेदारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण