केन्द्रको परिपत्रले एनआरएनए युकेको अधिवेशन अन्योलमा
बेलायत । केन्द्रको परिपत्रले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) युकेको अधिवेशन अन्योलमा परेको छ । यही जुलाई २२ मा हुने भनिएको अधिवेशन अन्योलमा परेको पदाधिकारीहरूले बताएका छन् ।
सङ्घको १० औँ अन्तर्राष्ट्रिय सम्मेलनबाट विभाजित एनआरएनएमा गत १८ जुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको रोहबरमा एक हुने सहमति भएको थियो । फलतः विभाजित राष्ट्रिय समन्वय समितिलाई सहमतिमा ल्याएर मात्र अधिवेशन गर्न गैर आवासीय नेपाली सङ्घका दुवै महासचिव गौरीराज जोशी र डा. केशव पौडेलले राष्ट्रिय समन्वय परिषद्हरूका नाममा निर्देशिका जारी गरेका छन् । उक्त निर्देशिकाले यही २२ जुलाईमा हुने भनिएको सुनिनबाबु खड्का नेतृत्वको एनआरएन युकेको अधिवेशन अनिश्चित देखिएको हो ।
एनआरएन युकेका निर्वाचित अध्यक्ष प्रेम गाहामगरले पनि यही जुलाई २२ मै अधिवेशन गर्ने गरी निःशुल्क सदस्य बनाइरहेका छन् ।
बेलायतमा अहिले स्पष्ट दुई समानान्तर समिति सक्रिय छन् । तर एनआरएनए केन्द्री नेतृत्वका पदाधिकारीहरू बेलायतमै हुँदा पनि मिलाउने कुनै पहल नगरेको भन्दै सङ्घ बेलायतकै पदाधिकारीले गुनासो गरेका छन् ।
केन्द्रमा सहमति भएको करिब तीन हप्तासम्म पनि बेलायतका दुवै समूहमा कुनै सहमति भएको छैन । भिन्दाभिन्दै निर्वाचन समिति बनाई उनीहरुले अधिवेशनको तयारी गरिरहेका छन् । जसले दुवै समितिको निर्वाचन अन्योलपूर्ण बनेको हो ।
दुई वर्षअघिको अधिवेशनमा करिब १२ हजारले केन्द्रको एमआईएस प्रणालीमार्फत पञ्जीकृत सदस्य बनेका थिए । अहिले मात्र ४ हजारले सदस्यता लिएका छन् । यस्तो अवस्थामा केन्द्रको निर्देशन अनुसार दुवै पक्ष मिलेर चुनावमा जानुपर्ने बेलायतवासी आम गैर आवासीय नेपालीको चाहना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस संसदीय दलको बैठक सुरु
-
त्रिविवि र यसको सुधारका सम्बन्धमा
-
तरकारी बजार : यस्तो छ आजको मूल्यसूची (सूचीसहित)
-
बिहारका पूर्वउपमुख्यमन्त्री सुशील कुमार मोदीको निधन
-
भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन माग
-
दलका प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख, दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक