केन्द्रको परिपत्रले एनआरएनए युकेको अधिवेशन अन्योलमा
बेलायत । केन्द्रको परिपत्रले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) युकेको अधिवेशन अन्योलमा परेको छ । यही जुलाई २२ मा हुने भनिएको अधिवेशन अन्योलमा परेको पदाधिकारीहरूले बताएका छन् ।
सङ्घको १० औँ अन्तर्राष्ट्रिय सम्मेलनबाट विभाजित एनआरएनएमा गत १८ जुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको रोहबरमा एक हुने सहमति भएको थियो । फलतः विभाजित राष्ट्रिय समन्वय समितिलाई सहमतिमा ल्याएर मात्र अधिवेशन गर्न गैर आवासीय नेपाली सङ्घका दुवै महासचिव गौरीराज जोशी र डा. केशव पौडेलले राष्ट्रिय समन्वय परिषद्हरूका नाममा निर्देशिका जारी गरेका छन् । उक्त निर्देशिकाले यही २२ जुलाईमा हुने भनिएको सुनिनबाबु खड्का नेतृत्वको एनआरएन युकेको अधिवेशन अनिश्चित देखिएको हो ।
एनआरएन युकेका निर्वाचित अध्यक्ष प्रेम गाहामगरले पनि यही जुलाई २२ मै अधिवेशन गर्ने गरी निःशुल्क सदस्य बनाइरहेका छन् ।
बेलायतमा अहिले स्पष्ट दुई समानान्तर समिति सक्रिय छन् । तर एनआरएनए केन्द्री नेतृत्वका पदाधिकारीहरू बेलायतमै हुँदा पनि मिलाउने कुनै पहल नगरेको भन्दै सङ्घ बेलायतकै पदाधिकारीले गुनासो गरेका छन् ।
केन्द्रमा सहमति भएको करिब तीन हप्तासम्म पनि बेलायतका दुवै समूहमा कुनै सहमति भएको छैन । भिन्दाभिन्दै निर्वाचन समिति बनाई उनीहरुले अधिवेशनको तयारी गरिरहेका छन् । जसले दुवै समितिको निर्वाचन अन्योलपूर्ण बनेको हो ।
दुई वर्षअघिको अधिवेशनमा करिब १२ हजारले केन्द्रको एमआईएस प्रणालीमार्फत पञ्जीकृत सदस्य बनेका थिए । अहिले मात्र ४ हजारले सदस्यता लिएका छन् । यस्तो अवस्थामा केन्द्रको निर्देशन अनुसार दुवै पक्ष मिलेर चुनावमा जानुपर्ने बेलायतवासी आम गैर आवासीय नेपालीको चाहना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण