पहिरोले मुहान बगाउँदा विद्युत् अवरुद्ध
ढोरपाटन । अविरल वर्षाका कारण आएको पहिरोले विद्युत् मुहानसँगै नहर बगाउँदा ढोरपाटनका नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् । शुक्रबार गएको पहिराले मुहानसहित नहर बगाउँदा ढोरपाटन नगरपालिका–७ का स्थानीय अन्धकारमा बस्न बाध्य भएका हुन् । पहिरोले मुहानसहित करिब ३० मिटर नहर बगाएको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण) ले जानकारी दिए । विद्युत् अवरुद्ध हुँदा तीन सय घरधुरीका करिब एक हजार पाँच सय नागरिक विद्युत् सेवाबाट वञ्चित भएका उनको भनाइ छ ।
विद्युत् तत्काल सञ्चालनमा ल्याउनका लागि काम भइरहेको उपप्रमुख कायतले बताए । स्थानीयद्वारा जनश्रमदान भइरहेकाले केही समयमै विद्युत् सञ्चालन हुने उनले बताए । “अहिले तत्काल पक्की पर्खाल लगाएर विद्युत् सञ्चालन गर्ने अवस्था छैन, जनश्रमदान गरी बर्खाभरिका लागि सञ्चालन गर्ने तयारी गरिरहेका छौँ,” उपप्रमुख कायतले भने, “बर्खा रोकियो भने पक्की मुहान र नहर बनाएर विद्युत् सञ्चालन व्यवस्थित गर्नेछौँ ।” बर्खाको समयमा पटक–पटक बाढीपहिरोले दुःख दिँदै आएको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातो मच्छिन्द्रनाथको रथारोहण, तस्बिरहरू
-
मुख्यमन्त्री कार्कीद्वारा पदभार ग्रहण
-
सभामुखसँग प्रमुख सचेतकको बैठक : शुक्रबारको बैठकमा रविले संसद्मा सम्बोधन गर्ने
-
‘यो निर्वाचनपछि भारत अझै शक्तिशाली भएर आउँछ, यो कुरा नेपालले बुझ्न जरुरी छ’
-
मन्त्रालयको बजेटले लुँडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ : मन्त्री श्रेष्ठ
-
कृषकलाई बङ्गुरको पाठा वितरण