नेपालबाट २५ करोडको खानेपानी निर्यात
काठमाडौँ । नेपालबाट चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा २५ करोड रुपैयाँभन्दा बढीको खानेपानी निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७९/८० को साउनदेखि जेठ महिनाको अवधिमा २५ करोड १० लाखको खानेपानी निर्यात भएको हो । नेपालबाट तीन प्रकृतिका खानेपानी विदेश निर्यात हुने गरेको छ । यस अवधिमा मिनरल वाटर, हिउँ पग्लिको पानी सुगर एडेड वाटर गरी तीन प्रकारका पानी विदेश निर्यात हुने गरेको हो । हाल नेपालबाट रसुवा र नेपाल स्प्रिङ ब्राण्डको पानी निर्यात हुँदै आइरहेको छ ।
अष्ट्रेलिया, फ्रान्स, जापान, बेलायत, चीन, कतार, संयुक्त अरब इमिरेट्स, भारत र पोल्याण्ड गरी करिब एक दर्जन मुलुकमा पिउने पानी निर्यात भएको तथ्यांक छ । यस अवधिमा सबैभन्दा धेरै भारतमा २४ करोड ६८ लाख रुपैयाँको पानी निर्यात भएको छ । यस्तै, अष्ट्रेलियामा १३ लाखको पानी निर्यात हुँदा चीनमा ११ लाख र कतारमा १० लाख रुपैयाँको पानी निर्यात भएको छ । यसबाहेक, फ्रान्समा ३ लाख रुपैयाँको पानी निर्यात भएको छ । हाल रसुवा जिल्लाको धुञ्चेमा कारखाना खोलेर रसुवा ब्राण्डको पानी विदेश निर्यात भइरहेको छ ।
तर, नेपाल सरकारले पानी उत्पादन सम्बन्धीत कानून नबनाउँदा निर्यातमा समस्या उत्पन्न भइरहेको छ । सरकारले पानी उत्पादनको मापदण्ड नबनाउँदा विदेशी आयातकर्ताले मागेको गुणस्तरको प्रमाणपत्र देखाउन मुस्किल भइरहेको उत्पादकहरुको भनाई छ ।
यस्तै, यस अवधिमा विदेशबाट ६३ लाख रुपैयाँ बराबरको खानेपानी समेत आयात भएको विभागको तथ्यांक छ । ११ महिनाको अवधिमा विदेशबाट करिब ५ लाख लिटर खानेपानी आयात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण