‘बगान’ले नारीको अधिकार बोल्छ : करिश्मा मानन्धर

काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धरले फिल्म ‘बगान’ले एकल नारीको अधिकार र समस्याको विषय बोल्ने बताएकी छन् । उनले फिल्मको कथा राम्रो भएको भन्दै एक पटक हेर्न सबैमा अनुरोध गरिन् ।
चलचित्र पत्रकार संघ रुपन्देहीले बुटवलमा आयोजना गरेको एक साक्षात्कार कार्यक्रममा बोल्दै अभिनेत्री मानन्धरले हरेक समाजका कुरीति र कुसंस्कृति विरुद्धको आवाज समेत बगान बन्ने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा नवअभिनेत्री प्रमीला पोखरेलले फिल्मबाट आफ्नो अभिनय करियर अगाडि बढ्ने बताइन् । ‘बगानको कथामा हरेक नारीको कथा हो । यसले समाजमा भएको व्याप्त नारीको वेदना बोल्छ,’ उनले थपिन् ।
फिल्मको प्रचारका लागि निर्माण युनिट अहिले देश दौडाहामा छ । सोही क्रममा निर्माण युनिटले बुटवलमा पत्रकार भेटघाट गरेको हो ।
कार्यक्रममा फिल्मका निर्देशक समेत रहेका अभिनेता सरोज खनालले फिल्मे समाजको यथार्थ चित्रण गरेको बताए । उनले एकल महिलाको कथा फिल्ममा निकै राम्रो तरिकाले चित्रण गरेको सुनाए ।
कार्यक्रममा उनले फिल्म एकल महिला तथा विधवाले निःशुल्क हेर्ने व्यवस्था गरेको जानकारी दिए ।
चितवनबाट सुरु भएको निर्माण युनिटको मोफसल यात्रा बुटवलपछि भैरहवा र पोखरामा पुगेर टुङ्गिनेछ ।
‘बगान’मा निर्देशक खनाल र करिश्मासँगै नीर शाह, वसुन्धरा भुसाल, मिथिला शर्मा, प्रमीला कार्की, आकाश श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।
गीतकार सुरेश वाग्लेको निर्माण तथा स्वप्निल नीरवको कथामा तयार भएको फिल्म उत्सव दाहाल र नारायण जिसीले छायाङ्कन, सन्देश शाहले सम्पादन गरेका हुन् ।
फिल्मको रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र मोफसलमा एफडी कम्पनीले वितरण गर्दै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश