एमालेले संसदमा प्रधानमन्त्रीलाई सम्बोधन गर्न दिनुपर्छ : प्रदीप यादव
काठमाडौँ । सत्तासाझेदार जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक प्रदीप यादवले एमालेलाई संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्न दिनुपर्ने बताएका छन् ।
प्रधानमन्त्रीलाई सम्बोधन गर्न समेत नदिएर संसद् अवरुद्ध गर्ने एमालेको कामले कसैलाई पनि फाइदा नपुग्ने उनको भनाई थियो ।
आइतबार संघीय संसद् परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रमुख सचेतक यादवले एमालेले निरन्तर संसद् अवरुद्ध गरेर मुलुक झनै संकटमा फस्दै जाने अवस्था आएको जिकिर समेत गरे । उनले संसद् अवरुद्ध गरेर एमालेले सिंगो मुलुकलाई नै घाटामा पार्ने काम गर्न नहुने बताए ।
प्रमुख सचेतक यादवले प्रधानमन्त्री प्रचण्डले सबैलाई चित्त बुझाउने गरी संसदमा आफ्नो विवादास्पद अभिव्यक्तिबारे जवाफ दिने भएकाले एमालेले त्यसमा अवरोध गर्न नमिल्ने बताए ।
प्रमुख सचेतक यादवले संसद् अवरुद्ध पार्नका लागि जनताले मत नदिएकोतर्फ पनि एमालेको ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाे बढाउँदै चलचित्र ‘गौँथली’
-
बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर–७२–६००
-
युवालाई प्रविधिसँग जोड्दै सामसङ, कोडिङ र प्रोग्रामिङ कोर्स सफलतापूर्वक सम्पन्न
-
रास्वपाद्वारा सांसद पौडेलमाथि भएको प्रहारको भत्र्सना
-
मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु
-
मुकबाङ भिडियोका लागि ३ वर्षीया छोरीको तौल ३५ केजी पुर्याएपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण