सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेले संसदमा प्रधानमन्त्रीलाई सम्बोधन गर्न दिनुपर्छ : प्रदीप यादव

आइतबार, २४ असार २०८०, १७ : ५७
आइतबार, २४ असार २०८०

काठमाडौँ । सत्तासाझेदार जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक प्रदीप यादवले एमालेलाई संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्न दिनुपर्ने बताएका छन् । 

प्रधानमन्त्रीलाई सम्बोधन गर्न समेत नदिएर संसद् अवरुद्ध गर्ने एमालेको कामले कसैलाई पनि फाइदा नपुग्ने उनको भनाई थियो ।

आइतबार संघीय संसद् परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रमुख सचेतक यादवले एमालेले निरन्तर संसद् अवरुद्ध गरेर मुलुक झनै संकटमा फस्दै जाने अवस्था आएको जिकिर समेत गरे । उनले संसद् अवरुद्ध गरेर एमालेले सिंगो मुलुकलाई नै घाटामा पार्ने काम गर्न नहुने बताए ।  

प्रमुख सचेतक यादवले प्रधानमन्त्री प्रचण्डले सबैलाई चित्त बुझाउने गरी संसदमा आफ्नो विवादास्पद अभिव्यक्तिबारे जवाफ दिने भएकाले एमालेले त्यसमा अवरोध गर्न नमिल्ने बताए । 

प्रमुख सचेतक यादवले संसद् अवरुद्ध पार्नका लागि जनताले मत नदिएकोतर्फ पनि एमालेको ध्यानाकर्षण गराए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप