राजसंस्था सम्बन्धी नीति पुनर्विचार गर्न राप्रपा नेपालले गठन गर्यो समिति
काठमाडौँ । राप्रपा नेपालले राजसंस्था सम्बन्धी पार्टीको नीति पुनर्विचारसहित पार्टीको आधिकारिक धारणा तय गर्न समिति गठन गरेको छ । आइतबार बसेको राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले उपाध्यक्ष प्रा. डा. विष्णु बहादुर भण्डारीको संयोजकत्वमा प्रतिवेदन पेश गर्न समिति गठन गरेको हो ।
समितिको सदस्यमा केशवराज श्रेष्ठ, बसन्तमान सिंह अधिकारी, हिक्मत बहादुर ढकाल, प्रा. नरप्रसाद थापा, माधव खत्री, रामनरेश यादव, सुनिता कुरुम्बाङ र सदस्य सचिवमा राजाराम बर्तौला ‘चुनेली’ रहेका छन् । समितिलाई एक महिनाभित्र प्रतिवेदन बुझाउन समय तोकिएको राप्रपा नेपालले जनाएको छ ।
यस्तै बैठकले सनातन धर्म संस्कृतिको रक्षा र प्रवर्द्धनका लागि राष्ट्रिय सनातन धर्म संस्कृति परिषद् नेपाल गठन गर्ने निर्णय गरिएको छ । परिषद्को अध्यक्षमा प्रा. डा. विष्णु बहादुर भण्डारीलाई मनोनयन गरिएको छ ।
यस्तै राष्ट्रिय खेलकुद संगठन नेपालको अध्यक्षमा दमन बस्नेत, राष्ट्रिय किसान संगठन नेपालको अध्यक्षमा डम्बर प्रसाद शिवाकोटी, सदस्य सचिवमा जनक फडेरा, राष्ट्रिय अपांग संगठन नेपालको अध्यक्षमा धनप्रसाद न्यौपाने र राष्ट्रिय मुस्लिम संगठन नेपालको अध्यक्षमा मो। खालिद इकवाल इराकीलाई जिम्मेवारी तोकिएको पार्टी प्रवक्ता बसन्तमान सिंह अधिकारीले बताए ।
अधिकारीका अनुसार पार्टीको केन्द्रीय कार्य समितिको बैठक आगामी भदौको दोस्रो हप्ता काठमाडौँमा बस्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण