अवरुद्ध संसद् खुलाउने मुख्य जिम्मेवारी सभामुखको हो : सांसद शर्मा
आइतबार, २४ असार २०८०, २० : २९
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद नारायणी शर्माले अवरुद्ध संसद् खुलाउने मुख्य जिम्मेवारी सभामुखको भएको बताएकी छन् ।
उनले प्रधानमन्त्रीको अभिव्यक्ति संसद् अवरोध गर्नेस्तरको नभएको पनि दाबी गरिन् ।
आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले प्रतिपक्षले आफूले राखेको मागको सम्बन्धमा पुनः सोच्नुपर्ने बताइन् ।
‘सत्तापक्षले पहल नगरेको होइन । यो पहल गर्ने कुरा सरकार अथवा प्रधानमन्त्रीको होइन नि त । यो सदन चलाउनको निम्ति पहल गर्ने कुरा सभामुखको हो’, उनले भनिन्, ‘त्यसकारण सभामुखले पहल गर्ने कुरामा कति लाग्नुभयो ? कति गर्नुभयो ? कति गर्नुभएन भन्ने कुरा उहाँसँग सम्बन्धित कुरा हो । त्यसकारण दिनदिनै रोकिइराखेको छ, अगाडी बढ्न सकिराखेको छैन । यो प्रश्न प्रतिपक्षलाई सोध्नुपर्ने प्रश्न हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण