अवरुद्ध संसद् खुलाउने मुख्य जिम्मेवारी सभामुखको हो : सांसद शर्मा
आइतबार, २४ असार २०८०, २० : २९

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद नारायणी शर्माले अवरुद्ध संसद् खुलाउने मुख्य जिम्मेवारी सभामुखको भएको बताएकी छन् ।
उनले प्रधानमन्त्रीको अभिव्यक्ति संसद् अवरोध गर्नेस्तरको नभएको पनि दाबी गरिन् ।
आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले प्रतिपक्षले आफूले राखेको मागको सम्बन्धमा पुनः सोच्नुपर्ने बताइन् ।
‘सत्तापक्षले पहल नगरेको होइन । यो पहल गर्ने कुरा सरकार अथवा प्रधानमन्त्रीको होइन नि त । यो सदन चलाउनको निम्ति पहल गर्ने कुरा सभामुखको हो’, उनले भनिन्, ‘त्यसकारण सभामुखले पहल गर्ने कुरामा कति लाग्नुभयो ? कति गर्नुभयो ? कति गर्नुभएन भन्ने कुरा उहाँसँग सम्बन्धित कुरा हो । त्यसकारण दिनदिनै रोकिइराखेको छ, अगाडी बढ्न सकिराखेको छैन । यो प्रश्न प्रतिपक्षलाई सोध्नुपर्ने प्रश्न हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन तितो हुन्छ औषधि ?
-
चितवन घटना : बाबुको आक्रमणमा घाइते भएका दुई जना बालबालिकाको मृत्यु
-
एआईका कारण जागिर गुमाएपछि....
-
हिमालहरू जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री
-
एकापसमा भिड्दै ‘के घर के डेरा : घर नं. २’, ‘हेल्लो काँशीराम’ र ‘फाइनल डेस्टिनेसन’
-
'सरकारले हामीलाई भन्दियोस्– राजा र हिन्दुराष्ट्र चाहिन्छ, सङ्घीयता चाहिँदैन भन्नेहरूलाई विद्रोहमा जाऊ'