सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्मचारीमाथि कुटपिट गर्ने पूर्व प्रदेशसभा सदस्य र वडाध्यक्षलाई कारबाही गर्न माग

सोमबार, २५ असार २०८०, १२ : १३
सोमबार, २५ असार २०८०

सुर्खेत । मुगुको पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख दत्त बुढथापालाई कार्यालय हाताभित्र कुटपिट गर्नेलाई कारबाही गर्न नेपाल राष्ट्रिय कर्मचारी संगठन, निजामती कर्णाली प्रदेश समितिले माग गरेको छ । गत असार २३ गते बुढथापालाई पूर्व प्रदेशसभा सदस्य दानसिंह परियार र छायानाथ रारा नगरपालिका–३ का वडाध्यक्ष खेमबहादुर रावलले कुटपिट गरेको संगठनको आरोप छ ।

संगठनले विज्ञप्ति जारी गर्दै सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयमा नै कर्मचारीमाथि भएको कुटपिटजस्ता घटनाले सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई कार्यालयभित्र असुरक्षित भएको महसुस गराएको बताएको छ । ‘कानुनको संरक्षक र राज्यका जिम्मेवार व्यक्तिहरू नै यस प्रकारको घटनामा संलग्न भई कानुन आफ्नो हातमा लिने कुराले हामी सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरू मर्माहत भएका छौँ,’ विज्ञप्तिमा भनिएको छ । दोषीमाथि कारबाही नभए आन्दोलनका थप कार्यक्रम अघि बढाउने चेतावनीसमेत संगठनले दिएको छ । 

nerakas

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप