अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी युनियनले घोषणा गरे आन्दोलनका कार्यक्रम
काठमाडौँ । अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी युनियनले तीन बुँदे माग राख्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । सोमबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै क्रान्तिकारी र समाजवादी विद्यार्थी युनियनले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
यसअघि शनिबार बसेको दुई विद्यार्थी संगठनको बैठकले शैक्षिक मुद्दामा सहकार्य गर्ने सहमति गरेका थिए । सोही अनुसार सोमबार संघर्षका कार्यक्रम घोषणा गरिएको अखिल क्रान्तिकारीका प्रवक्ता उपदेश यादवले जानकारी दिए । उनीहरुले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न, संघीय शिक्षा ऐन जारी गर्न र विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर लागू गर्न माग गरेका छन् ।
अखिल क्रान्तिकारीका संयोजक पवन कार्की र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईँले जारी गरेको विज्ञप्तिमा यही असार २६ गते देशव्यापी रुपमा हस्ताक्षर अभियान चलाउने, २७ गते शान्तिपूर्ण प्रदर्शन गर्ने, र ३१ गते वृहत् अन्तरक्रिया कार्यक्रम गर्ने उल्लेख गरिएको छ । शिक्षामा सुधारका लागि रचनात्मक र सकारात्मक दबाबमूलक आन्दोलन गर्ने दुई संगठनबीच सहमति भएको प्रवक्ता उपदेश यादवले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण