रवि लामिछानेको प्रश्न : दलको लडाइँमा संसदलाई बन्धक बनाउन मिल्छ ?
काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले संसद्लाई तीन दलले बन्धक बनाउन मिल्छ भनेर प्रश्न गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले संसद्ले धेरै काम गर्नुपर्ने अवस्थामा तीन दलको मुड नचल्दैमा सदन अवरुद्ध हुन नहुने बताए । ‘पार्टीका मुद्दामा संसद् रोकिने कुरामा रास्वपा स्वीकार्दैैन’, लामिछानेको भनाइ छ ।
उनले प्रधानमन्त्रीको अभिव्यक्तिबारे अझ स्पष्ट पार्नुपर्ने भन्दै राष्ट्रिय स्वाधीनताको मुद्दामा अप्ठेरो हुने खालका अभिव्यक्ति नदिन सचेत हुन पनि प्रधानमन्त्रीलाई आग्रह गरे । उनले संसद्लाई नेताहरूको जुँगाको लडाई नबनाउन भन्दै उनले मिटरब्याज पीडितका लागि भनेर ल्याएको अध्यादेश अन्तिम दिनमा किन ल्याइयो ? भन्दै प्रश्न गरे ।
‘रास्वपा खडा भएको छ । उभिएको छ । बरु अरु कुनै दलका नेता जोगाउन पो लागिरहेको छ कि ?’ लामिछानेको प्रश्न छ । उनले मिटरव्याज सम्बन्धि अध्यादेश ब्युँताउन आग्रह गर्दै रास्वपा त्यसमा तयार रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण