सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
संसद बैठक

नैतिकता भन्ने चिज जिवित छ भने प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : राजेन्द्र लिङ्देन

सोमबार, २५ असार २०८०, १६ : ३५
सोमबार, २५ असार २०८०

काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री प्रचण्डमा नैतिकता छ भने तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।  ‘बहालावाला प्रधानमन्त्रीले कुनै व्यक्तिलाई देखाएर पटक पटक दिल्ली जानु भएको थियो भन्नु आपत्तिजनक विषय हो । यो सामान्य कुरा होइन, नैतिकता भन्ने चिज जिवित छ भने प्रधानमन्त्रीले  दिनुपर्छ । राजीनामा दवावले मागिने कुरा होइन’, प्रतिनिधिसभामा बोल्दै लिङ्देनले भने । 

उनले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रियतासँग जोडिएको विषय भएको भन्दै यसमा सामान्य विषय नभएको स्पष्ट पारे ।  उनले वर्तमान संसदमा केही राजनीतिक दलमात्रै नभएर थुप्रै दलहरु रहेको बताए । तर, अघिल्लो बैठकमा जुन प्रकारको रुलिङ भयो त्यसमा आफूले खेद प्रकट गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप