देउवाको पार्टीगत कामकारबाहीप्रति शशांक कोइराला असन्तुष्ट
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको पार्टीगत कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अधिवेशनबाट नै सभापति बनाएको भन्दै कार्यकाल पूरा नहुन्ज्यालसम्म कुर्नुको विकल्प नरहेको बताए ।
सांसद कोइरालाले पार्टी सभापतिका कामकारबाही चित्त बुझ्दो नभएको टिप्पणी आइरहेको भन्दै केही हदसम्म टिप्पणी सही भएको बताए ।
उनले भने, ‘हाम्रो अधिवेशनबाट शेरबहादुरजीलाई सभापति बनाएको हो, उहाँको कार्यकालमा सहयोग गर्नुपर्छ? विरोध मैले नै गर्न थालेँ भने के हुन्छ, उहाँले आफ्नो कार्यकाल धेरै राम्रो गर्नुभएन भनेर जुन टीकाटिप्पणी आइरहेका छन्, गगन थापा लगायतका व्यक्तिले बोल्नुभएको छ, त्यो केही हदसम्म सत्य हो ।’
फरक प्रसंगमा कोइरालाले प्रधानमन्त्रीसँग बहुमत भएकाले अपदस्थ नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण