अपडेट
मनाङ एयरको हेलिकप्टर दुधकुण्डको लम्जुरा डाँडामा दुर्घटना भएको आशङ्का
मङ्गलबार, २६ असार २०८०, ११ : ४०

काठमाडौँ । सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट उडेको हेलिकप्टर सोलु दुधकुण्ड नगरपालिका–२ स्थित लम्जुरा डाँडामा दुर्घटना भएको आशङ्का गरिएको छ । लम्जुरा डाँडामा हेलिकप्टर दुर्घटना भएको सूचनाको आधारमा त्यसतर्फ प्रहरी परिचालन गरिएको कोशी प्रदेशका डीआईजी राजेशनाथ बास्तोलाले रातोपाटीलाई बताए ।
मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १० मिनेटमा सुर्केबाट उडेको थियो । काठमाडौँको लागि उडेको केही मिनेटमा हेलिकप्टर सम्पर्क विहीन भएको छ । हेलिकप्टरमा क्याप्टेनसहित ६ जना सवार छन् ।
हेलिकप्टर दुर्घटना भएको आशङ्का गरिएको ठाउँ प्रहरी चौकीबाट साढे २ घण्टाको दुरीमा छन् । जिल्ला सदरमुकामबाट पनि प्रहरी टोली घटनास्थल तर्फ लागेको डीआईजी बास्तोलाले जानकारी दिए । सदरमुकामबाट लम्जुरामा पुग्न करिब ४ घण्टा लाग्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग
-
एकै साथ ११ कानुन तथा नीति ल्याउने तयारीमा स्वास्थ्य मन्त्री पौडेल
-
रुसले युक्रेनमाथि गर्यो जवाफी हमला, पाँच जनाको मृत्यु
-
विपद्को सामना गर्न विश्वव्यापी सहकार्य आवश्यक : गृह सचिव दुवाडी
-
आँधीका कारण जर्मनीमा रायन एयरको विमान आपतकालीन अवतरण, ९ यात्रु घाइते
-
मुख्यमन्त्री सिंह र एडीबी टोलीबिच भेटवार्ता