झापामा ९ वर्षीया बालिका, दैलेखमा ६० वर्षीया वृद्धा बलात्कृत
काठमाडौँ । झापा र दैलेखमा बलात्कारको आरोपमा दुई जना युवक पक्राउ परेका छन् ।झापामा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौरदह नगरपालिका-९ झमकचौक बस्ने १९ वर्षीय विवेक अधिकारीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । अधिकारीले ती बालिकालाई आफ्नै घरमा ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी बैगुनधुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
उता दैलेखमा ६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गुरास गाउँपालिका-५ कुटिभैरी बस्ने २५ वर्षीय तेजबहादुर नेपालीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । नेपालीले ती महिलालाई गत असार २१ गते साँझ सोही ठाउँस्थित गोरेटो बाटो छेउको झाडीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दैलेख र प्रहरी चौकी माथिल्लो डुङगेश्वलरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । दुवै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण