बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

झापामा ९ वर्षीया बालिका, दैलेखमा ६० वर्षीया वृद्धा बलात्कृत

मङ्गलबार, २६ असार २०८०, १३ : ३९
मङ्गलबार, २६ असार २०८०

काठमाडौँ । झापा र दैलेखमा बलात्कारको आरोपमा दुई जना युवक पक्राउ परेका छन् ।झापामा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौरदह नगरपालिका-९ झमकचौक बस्ने १९ वर्षीय विवेक अधिकारीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । अधिकारीले ती बालिकालाई आफ्नै घरमा ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी बैगुनधुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । 

उता दैलेखमा ६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गुरास गाउँपालिका-५ कुटिभैरी बस्ने २५ वर्षीय तेजबहादुर नेपालीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । नेपालीले ती महिलालाई गत असार २१ गते साँझ सोही ठाउँस्थित गोरेटो बाटो छेउको झाडीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दैलेख र प्रहरी चौकी माथिल्लो डुङगेश्वलरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । दुवै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप