पूर्वाधार विकास कार्यक्रमका लागि छुट्याइएको बजेटले भ्रष्टाचार बढाउँछः सांसद देव
काठमाडौँ । राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशमा आवश्यक बजेट जान नसकेको बताएका छन् ।
सोमवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले पिछडिएका प्रदेशहरुमा आवश्यक भन्दा कम बजेट गएकोप्रति असन्तुष्टि जनाए । उनले पूर्वाधार विकास कार्यक्रममा छुट्याइएको ८ अर्ब २५ करोड बजेट भ्रष्टाचार बढाउने बजेट भएको बताए । उनले सांसद, सांसदका पीए, पार्टीका कार्यकर्तालाई भ्रष्टाचारी बनाउन पूर्वाधार विकास कार्यक्रमको बजेटले सहयोग गरिरहेको आफ्नो अनुभवले बताएको बताए ।
देवले भने, ‘नेपालको डाटाले के भनिरहेको छ भने कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेश यो एचडिआइको हिसावले पछि परेको प्रदेश हो । त्यहाँ जस्तो बजेट हामीले विनियोजन गरेका छौँ । त्यो ठिक गरेका छौँ त ? सरकारको एउटा इकोनोमिक इन्स्क्लुसिभप्रतिको दृष्टिकोण के हो सरकारको ? त्यो हिसावले हेर्ने हो भने यो तीन प्रदेशमा जति बजेट जानुपर्ने हो, जति थियो, त्यसबाट अलिकति बढी जानुपर्ने हिसावले नेपाल सरकारले अर्थ मन्त्रालयले त्यतातिर सोच्न सकेन की भन्ने मलाई लाग्यो । मन्त्रीज्युले आफैँ एउटा कार्यक्रममा के भन्नुभयो भने पूर्वाधार विकास कार्यक्रममा जुन ८ अर्ब २५ करोडको विनियोजन भएको छ, त्यो पनि पुँजीगत खर्च हो । त्यो रकममा धेरै ठूलो चुहावट छ । त्यो पोल्टिसियनहरुलाई भ्रष्टाचारी बनाउने कार्यक्रम हो । सांसद, सांसदका पीए, पार्टीका कार्यकर्तालाई भ्रष्टाचारी बनाउने ठाउँ हो । पुँजीगत खर्चलाई अनावश्यक ढंगले चुहावट गराउने, भ्रष्टाचार बढावा दिने हिसावले ८ अर्ब २५ करोडको रकम छ । यो दोष प्रणालीको दोष हो ।’
सांसद देवले पूर्वाधार विकास कार्यक्रमको बजेट छुट्याउने कुरा प्रधानमन्त्री, मन्त्रीहरुको दोष नभइ प्रणालीको दोष भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण