बारामा १०५ किलो लागूऔषध गाँजासहित ट्रक नियन्त्रणमा
मङ्गलबार, २६ असार २०८०, १५ : ०४
काठमाडौँ । बारामा १०५ किलो लागूऔषध गाँजासहित ट्रक नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय बाराले मंगलबार बिहान जितपुरसिमरा उपमहानगरपालिका २२ बाट अवैध लागूऔषध गाँजासहित ट्रक नियन्त्रणमा लिएको हो ।
ना१क ३२०५ नम्बरको ट्रकमा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो ।
पूर्व पश्चिम राजमार्गको चुरिया माई मन्दिर नजिक नालामा पल्टिएको ट्रकमा चेक जाँच गर्दा उक्त गाँजा भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ट्रक चालक र सहचालक फरार रहेका छन् । ट्रक चालकलगायत उक्त घटनामा संलग्न व्यक्तिहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण