शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

बारामा १०५ किलो लागूऔषध गाँजासहित ट्रक नियन्त्रणमा

मङ्गलबार, २६ असार २०८०, १५ : ०४
मङ्गलबार, २६ असार २०८०

काठमाडौँ । बारामा १०५ किलो लागूऔषध गाँजासहित ट्रक नियन्त्रणमा  लिइएको छ । जिल्ला प्रहरी कार्यालय बाराले मंगलबार बिहान जितपुरसिमरा उपमहानगरपालिका २२ बाट अवैध लागूऔषध गाँजासहित ट्रक नियन्त्रणमा लिएको हो ।  

ना१क ३२०५ नम्बरको ट्रकमा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो । 

पूर्व पश्चिम राजमार्गको चुरिया माई मन्दिर नजिक नालामा पल्टिएको ट्रकमा चेक जाँच गर्दा उक्त गाँजा भेटिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार ट्रक चालक र सहचालक फरार रहेका छन् । ट्रक चालकलगायत उक्त घटनामा संलग्न व्यक्तिहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप