हेलिकप्टर दुर्घटनाप्रति प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त
मङ्गलबार, २६ असार २०८०, १५ : ५८
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाप्रति दुःख प्रकट गरेका छन् । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डले हेलिकप्टर दुर्घटनाप्रति दुःख प्रकट गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले मृतकप्रति श्रद्धासुमन अर्पण गर्दै दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
मंगलबार सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको हेलिकप्टर लिखुपिके गाउँपालिका–५, लाम्जुरापासको चिहानडाँडामा दुर्घटना भएको हो । दुर्घटनामा परेर चालकदलका सदस्यसहित ६ जनाकै मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण