हेलिकप्टर दुर्घटनाप्रति प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त
मङ्गलबार, २६ असार २०८०, १५ : ५८

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाप्रति दुःख प्रकट गरेका छन् । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डले हेलिकप्टर दुर्घटनाप्रति दुःख प्रकट गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले मृतकप्रति श्रद्धासुमन अर्पण गर्दै दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
मंगलबार सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको हेलिकप्टर लिखुपिके गाउँपालिका–५, लाम्जुरापासको चिहानडाँडामा दुर्घटना भएको हो । दुर्घटनामा परेर चालकदलका सदस्यसहित ६ जनाकै मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार दिनदेखि बेलबारीका चार बालिका बेपत्ता
-
समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ
-
भिजिट भिसा : राज्यमाथिको विश्वास टुट्दै जानु खतरनाक संकेत हो
-
फाइनलमा पुग्ने लक्ष्यसहित पहिलो पटक प्ले–अफ चरणमा भिड्दै पञ्जाब र मुम्बई
-
भिजिट भिसालाई सूक्ष्म अनुसन्धान गर्ने हो भने ठुलो उथलपुथल हुन्छ
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य