सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

सीता दाहालको पार्थिव शरीर माओवादी पार्टी कार्यालयमा लगियो

बुधबार, २७ असार २०८०, ११ : १८
बुधबार, २७ असार २०८०

काठमाडौँ। नेकपा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी दिवंगत पत्नी सीता दाहालको पार्थीव शरीर पार्टी कार्यालय पेरिसडाँडा लगिएको छ ।  

बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएकी ६९ वर्षीया सीताको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा  राखिने भएको छ । जसका लागि अहिले नर्भिक अस्पतालबाट दाहालको पार्थीव शरीर निकालेर पार्टी कार्यालय लगिएको हो ।  दिउँसो १ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि दिउँसो २ बजे पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने भएको छ । 

दाहालकाे हृदयघात भएपछि बुधबार बिहान ८ बजे नर्भिक अस्पतालमा उपचारकै क्रममा निधन भएको थियो ।  तस्बिर : कृष्ण खड्का/रातोपाटी

sita-dahala-norvic-hospital (1)sita-dahala-norvic-hospital (2)sita-dahala-norvic-hospital (3)sita-dahala-norvic-hospital (4)sita-dahala-norvic-hospital (6)sita-dahala-norvic-hospital (7)sita-dahala-norvic-hospital (8)sita-dahala-norvic-hospital (9)sita-dahala-norvic-hospital (10)sita-dahala-norvic-hospital (11)sita-dahala-norvic-hospital (12)sita-dahala-norvic-hospital (14)sita-dahala-norvic-hospital (15)sita-dahala-norvic-hospital (16)sita-dahala-norvic-hospital (17)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप