सीता दाहालको निधनपछि आजका राजनीतिक गतिविधि ठप्प
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधन भएपछि आज राजनीतिक गतिविधि ठप्प भएका छन् । बुधबार बिहान ८ बजे ६९ वर्षीया दाहालकाे निधन भएपछि निर्धारित राजनीतिक कार्यक्रम स्थगित भएका छन् । आज बिहान ११ बजेर १ मिनेटमा बोलाइएको राष्ट्रियसभा बैठक विशेष कारण देखाउँदै बिहीबार बिहान १० बजेसम्मका लागि स्थगित गरिएको हो । विशेष कारण भनिए पनि प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि बैठक स्थगित गरिएको बुझिएको छ ।
सीताको निधनपछि आज चार बजे बस्ने भनिएको समाजवादी मोर्चाको बैठक पनि स्थगित भएको छ । अर्को बैठकको मिति पनि तय नभएको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए । दाहालको निधनमा कांग्रेसले पनि केन्द्रीय कार्यसमिति बैठक स्थगित गरेको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक साउन २ गतेदेखि बस्ने कांग्रेस सचिव प्रदीप पराजुलीले बताए ।
चैत १७ मा मन्त्री बनेकाहरुले आज आफ्नो सय दिनको प्रगति विवरण सार्वजनिक गर्ने कार्यक्रम पनि स्थगित गरेका छन् । यस्तै संसदका विषयगत समिति अन्तर्गत अर्थ र उद्योग बाणिज्य तथा उपभोगक्ता हित समितिको बैठक पनि स्थगित गरिएको छ ।
अनौपचारिक तथा स्वरोजगार क्षेत्रका श्रमिकलाई समेट्न कार्यक्रमको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज उद्घाटन गर्ने कार्यक्रम थियो । उक्त कार्यक्रम अर्को मिति नतोकेसम्मका लागि स्थगित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण