सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

सीता दाहालको निधनपछि आजका राजनीतिक गतिविधि ठप्प

बुधबार, २७ असार २०८०, ११ : ३७
बुधबार, २७ असार २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधन भएपछि आज राजनीतिक गतिविधि ठप्प भएका छन् । बुधबार बिहान ८ बजे  ६९ वर्षीया दाहालकाे निधन भएपछि निर्धारित राजनीतिक कार्यक्रम स्थगित भएका छन् । आज बिहान ११ बजेर १ मिनेटमा बोलाइएको राष्ट्रियसभा बैठक विशेष कारण देखाउँदै बिहीबार बिहान १० बजेसम्मका लागि स्थगित गरिएको हो । विशेष कारण भनिए पनि प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि बैठक स्थगित गरिएको बुझिएको छ ।

सीताको निधनपछि आज चार बजे बस्ने भनिएको समाजवादी मोर्चाको बैठक पनि स्थगित भएको छ । अर्को बैठकको मिति पनि तय नभएको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए  । दाहालको निधनमा कांग्रेसले पनि केन्द्रीय कार्यसमिति बैठक स्थगित गरेको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक साउन २ गतेदेखि बस्ने कांग्रेस सचिव प्रदीप पराजुलीले बताए । 

चैत १७ मा मन्त्री बनेकाहरुले आज आफ्नो सय दिनको प्रगति विवरण सार्वजनिक गर्ने कार्यक्रम पनि स्थगित गरेका छन् । यस्तै संसदका विषयगत समिति अन्तर्गत अर्थ र उद्योग बाणिज्य तथा उपभोगक्ता हित समितिको बैठक पनि स्थगित गरिएको छ ।

अनौपचारिक तथा स्वरोजगार क्षेत्रका श्रमिकलाई समेट्न कार्यक्रमको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज उद्घाटन गर्ने कार्यक्रम थियो । उक्त कार्यक्रम अर्को मिति नतोकेसम्मका लागि स्थगित भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप