सीता दाहालको निधनप्रति भारतीय प्रधानमन्त्री मोदीद्वारा दु:ख व्यक्त
काठमाडौँ असार २७ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री प्रचण्डका श्रीमती सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले आज आफ्नो ट्वीटरमार्फत श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
उनले भनेका छन्, ‘श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु । प्रधानमन्त्री प्रचण्डप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवङ्गत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु ।’
श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु । @cmprachanda प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु ।
— Narendra Modi (@narendramodi) July 12, 2023
ॐ शान्ति।
प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएको छ । पशुपति आर्यघाटमा आजै अन्तिम दाहसंकार गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण