सीता दाहालको योगदानलाई नेपाली राजनीतिक इतिहासले उच्च मूल्याङ्कन गर्नेछ : समाजवादी मोर्चा
काठमाडौँ । समाजवादी मोर्चा नेपालले सीता दाहालको योगदानलाई नेपाली राजनीतिक इतिहासले उच्च मूल्याङ्कन गर्ने जिकिर गरेको छ । दाहालको निधनप्रति समवेदना व्यक्त गर्दै मोर्चाले उनलाई नेपाली कम्युनिस्ट आन्दोलनको एउटा अनुपम क्रान्तिकारी योद्धाको रूपमा स्मरण गरेको हो ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सल्लाहकार परिषद्का सदस्य तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की जीवनसंगिनी दाहालको ६९ वर्षको उमेरमा बुधबार बिहान निधन भएको थियो । मोर्चाले दाहालप्रति उच्च सम्मान गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ । ‘उहाँ सधैँ कर्तव्यनिष्ठ र वर्ग पक्षधर रहनुभयो । राजनीतिको अति विषम परिस्थितिमा पनि उहाँ अविचलित रूपमा नेपाली क्रान्तिको पक्षमा दृढ भएर उभिनुभयो, मोर्चाले भनेको छ, ‘उहाँले नेपाली कम्युनिस्ट आन्दोलन मात्र होइन आफ्नो परिवारको राजनीतिक योगदानलाई सुदृढ र सङ्गठित गर्न पनि मद्दत पुर्याउनुभयो ।’
मोर्चाले प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड लगायत शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
-
कांग्रेस नीति प्रतिष्ठानको बैठक साउन १० गते बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण