केन्द्रीय तहका नेतालाई लेबी बुझाउन जसपाको ताकेता
काठमाडौँ । जनता समाजवादी पार्टीले केन्द्रीय तहका नेतालाई लेबी बुझाउन ताकेता गरेको छ । सो पार्टीका आर्थिक विभाग प्रमुख विजय यादवले पार्टीको केन्द्रीय समिति, केन्द्रीय राजनीतिक समिति र केन्द्रीय कार्यकारिणी समिति सदस्यहरूलाई बाँकी रहेको लेबी असार मसान्तभित्र बुझाउन ताकेता गरेका हुन् । जसपाले केन्द्रीय सदस्यलाई पाँच सय, राजनीतिक समितिका सदस्यलाई सात सय र कार्यकारिणी सदस्यलाई एक हजार मासिक लेबी तोकेको छ ।
आर्थिक विभाग प्रमुख यादवका अनुसार अधिकांश नेताले लेबी बुझाइसकेका छन् । केही नेताहरुले मात्र बुझाएका छैनन् । उनीहरुलाई असार मसान्तभित्र बुझाउन पत्र पठाइएको विभाग प्रमुख यादवले बताए । उनका अनुसार यसअघि बसेको केन्द्रीय समितिको बैठक तथा विधान अधिवेशनको क्रममा धेरै नेताले लेबी बुझाइसकेका छन् । बैठकमा उपस्थित नभएका नेताहरुलाई मात्र असार मसान्तभित्र लेबी बुझाउन ताकेता गरिएको हो । सो पार्टीका सदस्यहरुले सदस्य शुल्कका अतिरिक्त आ–आफ्नो समितिमा मासिक लेबी बुझाउनु पर्ने नियम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण