‘बगान’ ले फिल्म क्षेत्रमा क्रान्ति छेड्छ : दीपाश्री निरौला
काठमाडौंँ । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले ‘बगान’ले फिल्म क्षेत्रमा एउटा क्रान्ति छेड्ने बताएकी छन् । बुधबार प्रिमियरमा फिल्म हेरेपछि प्रतिक्रिया दिँदै उनले यस्तो धारणा राखेकी हुन् ।
‘बगानले जुन विषयवस्तु उठाएको छ । त्यो उठाउन मुटु चाहिन्छ’, उनले भनिन् ‘सरोज खनालले एकदमै राम्रो विषय उठाउनुभयो ।’ सरोज खनालको अभिनय जस्तै निर्देशनमा पनि अब्बल काम गरेको उनको भनाइ छ ।
कार्यक्रममा निरौलाले अभिनेत्री करिश्मा मानन्धरको अभिनयको पनि तारिफ गरिन् । ‘करिश्माको अभिनय एकदमै राम्रो छ,’ उनले भनिन् । ‘बगान’का प्रत्येक संवादले आफ्नो मुटु छोएको उनको भनाइ छ ।
थुप्रै रंगपत्रकार र कलाकर्मी उपस्थिति रहेको प्रिमिएरमा अधिकांशले फिल्मको तारिफ गरेका थिए ।
सरोज खनालले निर्देशन गरेको फिल्ममा करिश्माको सरोज खनाल, प्रमिला कार्की, आकाश श्रेष्ठ, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ ।
सुरेश वाग्ले निर्माता र विनोद मानन्धर कार्यकारी निर्माता रहेको फिल्ममा शुक्रबारबाट देशभर प्रदर्शनमा आउँदैछ । फिल्मको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र बाहिर एफडी कम्पनीले गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण