बजेटमा हरियाली प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकता दिइएको छ : मन्त्री महतो
बिहीबार, २८ असार २०८०, ११ : ५१
काठमाडौँ । वन तथा वातावरण वीरेन्द्रप्रसाद महतोले आर्थिक वर्ष २०८०-८१ को बजेटमा हरियाली प्रवद्र्धनका कार्यक्रमहरुलाई प्राथमिकता दिइएको बताए । आज राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री महतोले आर्थिक वर्ष २०८०-८१ को बजेटमा हरियाली प्रवद्र्धनका कार्यक्रमलाई प्राथमिकता दिइएको बताए ।
उनले त्यसका लागि वृक्षारोपण, विरुवा उत्पादन, शहरी वन, हरियाली पार्कका कार्यक्रमहरु तीनै तहका सरकार र सरोकारवालाहरुको सहभागितामा कार्यान्वयनमा ल्याइने बताए । त्यसैगरी वन उद्यम प्रवद्र्धन, वृक्षारोपण तथा दिगो वन व्यवस्थापनका लागि तिनै तहबाट समृद्धिका लागि वन कार्यक्रम सञ्चालन गरिने पनि उनले उल्लेख गरे ।
मन्त्री महतोले जडिबुटी उत्पादन, प्रशोधन, भण्डारण, व्यवसायिकरण र विदेश निकासीका लागि जोड दिनेगरी बजेट विनियोजन गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण