श्रमिक नपाएको किसानको गुनासोपछि जनमत पार्टीका नेता धान रोपाइँमा
महोत्तरी । धान रोप्ने समयमा कृषि मजदुरको अभाव भएपछि जनमत पार्टीका नेताहरू स्थानीय किसानका खेतमा धान रोप्न पुगेका छन् । मधेस प्रदेशका विना विभागीय मन्त्री समेत रहेका जनमत पार्टीका नेता वसन्त कुशवाहसहितका नेता कार्यकर्ता धान रोपाइमा जुटेका हुन् ।
महोत्तरी गाउँपालिका ५ का स्थानीय किसान कृष्ण साहले धान रोप्ने मुख्य समयमा कृषि मजदुरको अभाव भएको गुनासो गरेपछि जनमत पार्टीका नेता–कायकर्ता उनको खेतमा धान रोप्न पुगेका थिए । उनको गुनासो सुनेपछि आफूहरू रोपाई गर्न गएको जनमत पार्टीका उपाध्यक्षसमेत रहेका विना विभागीय मन्त्री कुशवाहले बताए ।

कुशवाहाले भने, ‘मधेशमा सामूहिक खेतीको अवधारणा आजको प्रमुख आवश्यकता हो । सोही अवधारणा अन्तर्गत हामीले कृष्णजीको खेतमा गएर रोपाइँ गरेका हैं ।’ खेती किसानीलाई मधेशमा प्रमुख पेसाको रूपमा विकसित गर्नु र एक अर्कालाई सहयोग गरी कृषि पेशालाई मर्यादित बनाउन सबैले जोड दिनुपर्नेमा उनले जोड दिए । पूर्व कृषिमन्त्री समेत रहेका मन्त्री कुशवाहाका अनुसार करिब एक बिघा जमिनमा धान रोपिएको बताए । आवश्यक परेमा अरू ठाउँमा पनि सामूहिक रोपाई गर्ने उनले बताए ।
धान रोप्न मन्त्री कुशावाहाका साथै सांसद अनिता साह, जनमत पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य शम्भुनाथ साह, सञ्जय स्वराजी, एनआरएमए महासचिव डा.श्याम महता लगायतको टोली साहको खेतमा पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण