सरकारको सुशासन अभियानले विश्राम लिँदैनः उपप्रधानमन्त्री श्रेष्ठ
बिहीबार, २८ असार २०८०, १६ : ४०
काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन स्थापनाका लागि सरकारको अभियानले विश्राम नलिने बताएका छन् ।
बिहीवार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रबिन्दुमा राखेर काम अगाडि बढाइरहेको बताए । श्रेष्ठले देशको समृद्धिको लक्ष्य हासिल गर्ने पूर्वशर्त सुशासन भएको भन्दै सरकारको अभियानले विश्राम नलिने बताए ।
उनले निर्दोष नफसुन् र दोषि नछुटुन् भन्ने मान्यता अख्तियार गरिएको पनि उल्लेख गरे । मन्त्री श्रेष्ठले धनि र गरिब तथा सम्पन्न र विपन्नलाई छुट्टाछुट्टै कानून हुँदैन भन्नेकुरामा सबैको ध्यानाकर्षण गराए ।
उनले प्रहरी समायोजनको प्रक्रिया अगाडि बढाउन र टुंगोमा पु¥याउन सरकार दृढ रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण