शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

परेवाकोटमा गाँजाको विकल्प‘कफी खेती’

बिहीबार, २८ असार २०८०, १९ : २९
बिहीबार, २८ असार २०८०

मकवानपुर । चितवनको परेवाकोटमा गाँजा खेतीलाई निरुत्साहित गर्न कफी खेतीको सुरुवात गरिएको छ । नगदेबालीअन्तर्गत रहेर आयआर्जनमा परेवाकोटका नागरिकलाई जोड्न गाँजा खेतीको विकल्पका रुपमा कफी खेतीको सुरुवात गरिएको हो ।

बिहीबार प्रदेश प्रहरी कार्यालय बागमती प्रदेशको अगुवाईमा राप्ती नगरपालिका–१, परेवाकोटबाट कफी रोप्न सुरु गरेको छ । प्रदेश प्रहरी कार्यालय हेटौंडाकी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक किरण राणाको उपस्थितिमा कफी रोप्न सुरु गरिएको हो ।

पहिलो चरणमा मकवानपुर र चितवनको विभिन्न क्षेत्रमा गाँजा न्यून गर्न ‘कफी खेती’को सुरुवात गरिएको प्रहरी नायव महानिरीक्षक राणाले बताइन् ।

प्रदेश प्रहरी कार्यालयसँगको सहकार्य तथा समन्वयमा मास्के मल्टिप्रपोज एग्रिकल्चर एण्ड रिसर्च प्रालिले गाँजा उत्पादनको पकेट क्षेत्रमा कफी खेतीको सुरुवात गरेको हो । 

प्रालिका सञ्चालक धनबहादुर श्रेष्ठका अनुसार करिब ७ सय कठ्ठा जमिनमा कफी खेती गर्ने लक्ष्य रहेको र सुरुमा मकवानपुरको राक्सिराङ गाउँपालिकाको विभिन्न वडामा कफी खेती गर्ने योजना रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप