परेवाकोटमा गाँजाको विकल्प‘कफी खेती’
मकवानपुर । चितवनको परेवाकोटमा गाँजा खेतीलाई निरुत्साहित गर्न कफी खेतीको सुरुवात गरिएको छ । नगदेबालीअन्तर्गत रहेर आयआर्जनमा परेवाकोटका नागरिकलाई जोड्न गाँजा खेतीको विकल्पका रुपमा कफी खेतीको सुरुवात गरिएको हो ।
बिहीबार प्रदेश प्रहरी कार्यालय बागमती प्रदेशको अगुवाईमा राप्ती नगरपालिका–१, परेवाकोटबाट कफी रोप्न सुरु गरेको छ । प्रदेश प्रहरी कार्यालय हेटौंडाकी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक किरण राणाको उपस्थितिमा कफी रोप्न सुरु गरिएको हो ।
पहिलो चरणमा मकवानपुर र चितवनको विभिन्न क्षेत्रमा गाँजा न्यून गर्न ‘कफी खेती’को सुरुवात गरिएको प्रहरी नायव महानिरीक्षक राणाले बताइन् ।
प्रदेश प्रहरी कार्यालयसँगको सहकार्य तथा समन्वयमा मास्के मल्टिप्रपोज एग्रिकल्चर एण्ड रिसर्च प्रालिले गाँजा उत्पादनको पकेट क्षेत्रमा कफी खेतीको सुरुवात गरेको हो ।
प्रालिका सञ्चालक धनबहादुर श्रेष्ठका अनुसार करिब ७ सय कठ्ठा जमिनमा कफी खेती गर्ने लक्ष्य रहेको र सुरुमा मकवानपुरको राक्सिराङ गाउँपालिकाको विभिन्न वडामा कफी खेती गर्ने योजना रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण