मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

अस्पतालको फार्मेसी इन्चार्ज मृत फेला

शुक्रबार, २९ असार २०८०, १२ : ३६
शुक्रबार, २९ असार २०८०

काठमाडौँ । राजधानीको त्रिवि शिक्षण अस्पतालसँगैको मनमोहन कार्डियो थोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत एक कर्मचारी मृतावस्थामा फेला परेका छन् । 

सोही अस्पतालको फार्मेसी इन्चार्ज अमृत पोखरेल शुक्रबार बिहान मृतावस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी परीसर काठमाडौँका एक अधिकृतले स्टोर रुममा पोखरेल मृतावस्थामा फेला परेको जानकारी दिए । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गरेको उनको भनाइ छ । 
प्रहरीका अनुसार घटनास्थलमा दुई पेज लामो सुसाइड नोट बरामद भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप