लम्पी स्कीन रोकथामका लागि गरेका कामको जानकारी गराउन सरकारलाई रुलिङ
काठमाडौँ । सभामुख देवराज घिमिरेले लम्पी स्कीन रोग नियन्त्रण तथा रोकथामका लागि गरेका काम कारबाहीको संसदलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् । लम्पी स्कीन रोगबारे सांसदहरुले कुरा उठाएपछि शुक्रबारको बैठकमा सभामुख घिमिरले रोग नियन्त्रण तथा रोकथामका लागि गरेका काम कारबाहीको संसदलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका हुन् ।
बैठक असार ३१ गते आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । बैठकमा आकस्मिक समय र शून्य समयमा सांसदहरुले आफ्नो धारणा राख्ने काम गरे भने प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेले प्रतिनिधिसभामा उत्पति भएको “विनियोजन विधेयक, २०८०” राष्ट्रियसभाबाट पारित भएको सूचना प्रस्तुत गरे ।
आजको बैठकमा “केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०” प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरु ज्ञानबहादुर शाही, प्रेम सुवाल, सोबिता गौतम सुमना श्रेष्ठबाट प्राप्त विरोधको सूचनाहरुलाई निर्णयार्थ प्रस्तुत गर्नका लागि एमालेले मत विभाजन गर्न माग गरेपछि यो विधेयकमाथिको कार्यवाही पछि सार्दै कार्यसूचीबाट हटाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण