बैंकले मानसिक तनाव दिएको भन्दै ज्ञापन पत्र
बुटवल । उद्योगी व्यवसायीहरुलाई असार मसान्तको निहुँ पारी बैंक तथा वित्तीय संस्थाले मानसिक तनाव दिएको भन्दै सिद्धार्थ सञ्जाल, रुपन्देहीले शुक्रबार नेपाल राष्ट्र बैंक सिद्धाथनगरलाई ज्ञापनपत्र बुझाएको छ ।
सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीका अनुसार करोडौंको धितो राखेर बैंकबाट कर्जा लिएका व्यवसायीलाई आतंकित बनाइ डर, धम्की देखाइ कर्जा असुल गर्न नीति तत्काल बन्द गर्नुपर्ने माग गरिएको छ । नेपाल राष्ट्र बैंक सिद्धार्थनगरमार्फत् राष्ट्र बैंक केन्द्रीय कार्यालयलाई ज्ञापन पत्र बुझाइएको उनले बताए । उनले लिलाम प्रक्रियामा गएका सम्पूर्ण कार्यहरु स्थगित गर्न आग्रह गरे ।
सञ्जालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले सरकारको गलत नीतिका कारण उद्योगी व्यवसायी मारमा परेको भन्दै पर्यटन क्षेत्रको विकासका लागि सरकारले वातावरण सिर्जना गर्न नसकेको जिकिर गरे ।
ज्ञापनपत्र बुझ्दै नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक सत्येन्द्र राज सुवेदीले सञ्जालले बुझाएको ज्ञापनपत्र राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा बुझाउने प्रतिवद्धता व्यक्त गरे । उनले उद्योगी व्यवसायीका जायज माग सम्बोधन गर्न राष्ट्र बैंकले सक्दो पहल गर्ने आश्वासन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश सभाको पन्ध्रौँ बैठक आज, चार मन्त्रालयको बजेटमाथि छलफल
-
यो वर्ष पनि दुईवटा अटो शो : नाडा र नाइमाको छुट्टाछुट्टै तयारी
-
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
-
बजेट विवाद: मन्त्रीबाट मन्त्रीकै हुर्मत, विपक्षीको प्रशंसा
-
बेल्जियमको शानदार जित, अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश
-
दुर्गा प्रसाईंको आरोप– ‘सिंहदरबारको सिस्टम सरकारले नै बिगार्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण