मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

बैंकले मानसिक तनाव दिएको भन्दै ज्ञापन पत्र

शुक्रबार, २९ असार २०८०, १८ : ४६
शुक्रबार, २९ असार २०८०

बुटवल । उद्योगी व्यवसायीहरुलाई असार मसान्तको निहुँ पारी बैंक तथा वित्तीय संस्थाले मानसिक तनाव दिएको भन्दै सिद्धार्थ सञ्जाल, रुपन्देहीले शुक्रबार नेपाल राष्ट्र बैंक सिद्धाथनगरलाई  ज्ञापनपत्र बुझाएको छ ।

सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीका अनुसार करोडौंको धितो राखेर बैंकबाट कर्जा लिएका व्यवसायीलाई आतंकित बनाइ डर, धम्की देखाइ कर्जा असुल गर्न नीति तत्काल बन्द गर्नुपर्ने माग गरिएको छ । नेपाल राष्ट्र बैंक सिद्धार्थनगरमार्फत् राष्ट्र बैंक केन्द्रीय कार्यालयलाई ज्ञापन पत्र बुझाइएको उनले बताए । उनले लिलाम प्रक्रियामा गएका सम्पूर्ण कार्यहरु स्थगित गर्न आग्रह गरे । 

सञ्जालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले सरकारको गलत नीतिका कारण उद्योगी व्यवसायी मारमा परेको भन्दै पर्यटन क्षेत्रको विकासका लागि सरकारले वातावरण सिर्जना गर्न नसकेको जिकिर गरे । 

ज्ञापनपत्र बुझ्दै नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक सत्येन्द्र राज सुवेदीले सञ्जालले बुझाएको ज्ञापनपत्र राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा बुझाउने प्रतिवद्धता व्यक्त गरे । उनले उद्योगी व्यवसायीका जायज माग सम्बोधन गर्न राष्ट्र बैंकले सक्दो पहल गर्ने आश्वासन दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप