प्रधानमन्त्री भेट्न अमेरिकी विदेशमन्त्री लु बालुवाटारमा, सीतालाई श्रद्धान्जली
शुक्रबार, २९ असार २०८०, २० : २७
काठमाडौँ । एक दिने भ्रमणमा नेपाल आएका दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।
लु अपराह्न बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । शुक्रबार दिउँसो काठमाडौँ आइपुगेका लु साँझ प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन् । त्यसक्रममा लुले प्रधानमन्त्री पत्नी स्व. सीता दाहालको तस्बिरमा श्रद्धाञ्जली अर्पण गरेका छन् ।
उनी एमसीसी कार्यान्वयनसहितका मुद्दा लिएर एक दिने नेपाल भ्रमणमा शुक्रबार काठमाडौँ उत्रिएका हुन् ।
यसअघि उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री एनपी साउद र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण