परिस्थिति
शनिबार, ३० असार २०८०, १२ : १५
फुस्काई दिऊ कि जस्तो लाग्छ, कहिले काहीँ त अति दुख्छ
न तोड्नलाई साइनो हाम्रो , मनमा गाँठो कसेको छु
परिधिको सीमाभित्र बाध्यताले बसेको छु
उसको दुःख आफ्नै लाग्थ्यो, टुलु टुलु किन हेरथ्याँ
उसलाई जँघार तराउँदा घोल भित्र पसेको छु
परिधिको चस्माभित्र बाध्यताले बसेको छु
दोषी भइन्छ स्वीकार दिँदा, नगरेका गल्ती पनि
उसको इज्जत जोगाइदिँदा, समाजमा खसेको छु
परिधिको सीमाभित्र बाध्यताले बसेको छु
दिनसँगै भाग्य बिग्रियो, पहिले जस्तो कहाँ छ अचेल
अतीतका याद भुलाउन, शिरमा गेरु घसेको छु
परिधिको सीमाभित्र बाध्यताले बसेको छु
कल्पना मै सीमित हुन्छन् , नभए सी रहर पूरा
कयौँ रहर पुरा गर्न पिँजडामा फसेको छु
परिधिको सीमाभित्र बाध्यताले बसेको छु
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण