मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

मिटरब्याजसम्बन्धी कानुन बन्न नदिने चलखेल र दबाब अस्वीकार गरी विधेयक ल्याउन माग

शनिबार, ३० असार २०८०, १६ : ३४
शनिबार, ३० असार २०८०

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले मिटरब्याजसम्बन्धी विधेयक ल्याउन नदिन चलखेल र दवाव बढेको भन्दै विधेयक ल्याउन सरकारलाई आग्रह गरेको छ । शनिवार पार्टी अध्यक्ष चित्रबहादुर केसीले एक प्रेस विज्ञप्ति जारी गर्दै मिटरब्याज पीडितलाई राहत दिलाउन ल्याउन थालिएको मिटरब्याजसम्बन्धी विधेयक आउन नदिनका लागि भएका चलखेल र दबाबलाई परास्त गर्दै सरकारले उक्त विधेयक ल्याउनुपर्नेमा जोड दिएका छन् । 

अध्यक्ष केसीले विज्ञप्तिमा भनेका छन्– ‘मिटरब्याजसम्बन्धी विधयेक रोक्न चलखेल र दबाब बढेको समाचार सार्वजनिक भएका छन् । मिटरब्याजीहरूले जनतालाई गम्भीर रूपमा शोषण र आर्थिक दोहोन गरेको कुरा स्पष्ट छ । मिटरब्याजीहरूको त्यस प्रकारको शोषणकार्यलाई सरकारले पूर्ण रूपमा रोक्नु पर्दछ र त्यसरी शोषण र दोहन गर्नेहरूलाई कडा कारवाहीको दायरामा ल्याउनुपर्नेमा हामीले जोड दिन चाहन्छौँ ।’ 

उनले देशमा मिटरब्याजपीडित जनताको समस्या गम्भीर बन्न गएको बताउँदै त्यो समस्या समाधानका लागि सरकारले उपयुक्त कानुनी व्यवस्थासहित कडा कदम उठाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।  केसीले अगाडि भनेका छन्– ‘मिटरब्याज पीडितलाई राहत दिलाउन ल्याउन थालिएको मिटरब्याजसम्बन्धी विधेयक आउन नदिनका लागि भएका चलखेल र दबाबलाई परास्त गर्दै सरकारले उक्त विधेयक ल्याउनुपर्नेमा हामीले जोड दिन चाहन्छौँ ।’

यस्तै अध्यक्ष केसीले बाढी पहिरो र डुबानबाट नेपालमा वर्षेनी ठुलो जनधनको क्षति हुने गरेको बताउँदै वर्षा याममा पटकपटक ती घटना दोहोरिरहनुमा सरकारको पूर्व तयारी र सजकताको अभाव भएको बताएका छन् ।  पूर्व तयारी नगर्दा देशमा ठुलो जनधनको क्षति हुने गरेको बताउँदै  क्षति हुनबाट बचाउन आवश्यक सबै कदम उठाउन र बाढीपीडित जनतालाई आवश्यक राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप