जसपाको विधान अनुमोदन, पर्सामा प्रशिक्षण केन्द्र खोल्ने निर्णय
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले विधान अधिवेशनबाट तयार गरेको पार्टीको विधानलाई अनुमोदन गरेको छ । शनिबार बसेको जसपाको कार्यकारिणी समितिको बैठकले विधान अनुमोदन गरेको हो ।
असार १० गतेदेखि १२ गतेसम्म काठमाडौँमा भएको विधान अधिवेशनमा विधानको मस्यौदामाथि छलफल भएको थियो । छलफलमा उठेका विषयलाई समेटेर अन्तिम रुप दिन पार्टीका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा एक समिति बनेको थियो ।
सो समितिले विधानलाई अन्तिम रुप दिइ शनिवार बसेको कार्यकारिणी समितिको बैठकमा पेस गरेको थियो । त्यसलाई छलफलमार्फत अनुमोदन गरेको पार्टीका कार्यकारिणी सदस्य गोविन्द चौधरीले बताए । ‘विधानमाथि छलफल गरी त्यसलाई अनुमोदन गरिएको छ ।
अध्यक्ष यादवले त्यसलाई निर्वाचन आयोगमा पठाएपछि मात्र त्यो प्रमाणीकरण हुन्छ । निर्वाचन आयोगबाट प्रमाणीकरण भएर आएपछि मात्र कार्यान्वयनमा आउने छ’ उनले भने । बैठकमा वीरगञ्जमा रहेको पार्टीको नाममा रहेको पाँच कठ्ठा जमिनको बारेमा पनि छलफल भएको छ ।
वीरगञ्जको सो जमिन तत्कालीन मधेशी जनअधिकार फोरमको नाममा रहेको छ । त्यसलाई जनता समाजवादी पार्टीको नाममा ल्याउने निर्णय भएको छ । सो जमिन जसपाको नाममा आइसकेपछि त्यहाँ पार्टीको प्रशिक्षण केन्द्र खोल्ने निर्णय समेत बैठकमा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण