धादिङका दुई तिहाई खेतमा अझै भएन रोपाइँ
धादिङ । असारको अन्तिम दिनसम्म धादिङका दुई तिहाइ खेतमा रोपाइँ हुन सकेको छैन । धान बालीको पकेट क्षेत्र मानिएको फाँटहरुमा अघिल्लो बाली पाकिनसकेका कारण रोपाइँ हुन नसकेको हो ।
यो वर्ष असार मसान्तसम्म ३५ प्रतिशतमा मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्र धादिङका कृषि प्रसार अधिकृत कमलराज शर्माले जानकारी दिए । वर्षात ढिला भएको र चैते धान र मकै पाकिनसकेको कारण रोपाइँ ढिलो भएको शर्माको भनाइ छ ।
खोलाको पानी लाग्ने खेतमा भर्खर मात्रै रोपाइँको रौनकले छोएपनि टारी खेतमा मकै पाकेकै छैन । “मनसुनका लागि चैते धान रोपाइँ नै ढिलो भयो । त्यसैले मकै ढिला लगाइयो”, कृषि प्रसार अधिकृत शर्मा भन्छन्, “अहिले टारी खेतमा चैते धान र मकै दुवै भित्र्याउने बेला हुँदैछ, त्यसले पनि यो वर्ष रोपाइँ ढिलो भएको हो ।”
धादिङमा वार्षिक ५० हजार मेट्रिकटन वर्षे धान र २० हजार मेट्रिकटन चैते धान उत्पादन हुँदै आएको छ । विशेष गरी कम उचाइ भएका ठाउँका किसानले मकवानपुर १, सावीत्री, सुख्खा १, २, ३, ४, ५ रामधान जस्ता धान लगाउने गरेका छन् । बढी उचाइ भएका ठाउँका किसानले खुमल ४, खुमल १०, हर्दिनाथ १, हर्दिनाथ २, सुमलचार, खुमल ११, गोरखनाथ, वायोसिट जातका धान लगाउँदै आएका छन् ।
जिल्लाको नीलकण्ठ नगरपालिका, सल्यानटार, गजुरी, नौविसे, जीवनपुर, गोगनपानी, कल्लेरी, ज्यामरुङ, सांकोष, त्रिपुरेश्वर, मार्पाक र दार्खा धान खेती हुने पकेट क्षेत्र मानिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण