आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कांग्रेस केन्द्रीय समिति बैठकका लागि महामन्त्री थापाले मागे सुझाव

आइतबार, ३१ असार २०८०, १० : ३८
आइतबार, ३१ असार २०८०

काठमाडौँ । नेपाली कांग्रेस महामन्त्री गगन थापाले केन्द्रीय कार्यसमितिको बैठकका लागि सुझाव मागेका छन् । 

बैठकमा राजनीतिक परिस्थिति, पार्टीको साङ्गठनिक गतिविधिसहितका विषयमा छलफल हुने भन्दै महामन्त्री थापाले आफ्ना विचार र सुझाव इमेल गर्न आह्वान गरेका हुन् ।

यसबीचमा जिल्लामा पुग्दा पाएका सुझाव र सल्लाहलाई केन्द्रीय समितिमा राख्ने पनि उनले बताए ।

आफ्नो इमेल आइडी ([email protected]) र सामाजिक सञ्जालको पोस्टमा कमेन्ट गरेर सुझाव दिन पार्टी पङ्क्तिलाई महामन्त्री थापाले आह्वान गरेका छन् ।

करिब एघार महिनाको अन्तरालपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै  साउन २ गते छ।

gagan thapa

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप