समाजवादी मोर्चाको प्रदेश र जिल्लासम्म संयुक्त मोर्चा बनाइने
काठमाडौँ । समाजवादी मोर्चालाई व्यवस्थित गर्न कार्यविधि पास भएको छ । शनिबार बसेको मोर्चाको बैठकले मोर्चा सञ्चालनलाई व्यवस्थित गर्न कार्यविधि तयार पारेको हो । मोर्चालाई व्यवस्थित पार्दै सातै प्रदेश र ७७ जिल्लामा विस्तार गरिने एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए ।
एक प्रदेशमा बढीमा ५ जना र जिल्लामा बढीमा ३ जना प्रत्येक पार्टीबाट समेटिनेगरी मोर्चा बनाइने भएको हो । ‘हामीले प्रदेश र जिल्लामा मोर्चा विस्तार गरेका छौं, एक प्रदेशमा बढीमा ५ जना र जिल्ला तहमा बढीमा ३ जना राखेर मोर्चा राखिने छ’ पाण्डेले भने, ‘अरु आवश्यकताअनुसार स्थानीय तह र जनवर्गीय संगठनमा समेत संयुक्त मोर्चा बनाउने तयारीमा छौं ।’
समाजवादी मोर्चाको साउन १२ गतेदेखि साउन २२ गतेसम्म संयुक्त कार्यक्रम गरिने पाण्डेले बताए । मोर्चाको नेतृत्व ४/४ महिनामा परिवर्तन हुने भएको छ । हाल मोर्चाको नेतृत्व माधवकुमार नेपालले गर्दै आएको पाण्डेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण