कामकाज सरुवा फिर्ता गर्ने बागमती प्रदेशको निर्णय
काठमाडौं । बागमती प्रदेशले संघीय सरकारलाई चुनौति दिँदै कामकाजमा खटाइएका कर्मचारीलाई फिर्ता गर्ने निर्णय गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कामकाज सरुवाका नाममा सबै प्रदेशमा कर्मचारीलाई आफूखुसी सरुवा गर्दै आएको छ । बागमतीले भने कामकाज सरुवाका कर्मचारीलाई दरवन्दीमै सरुवा गर्ने निर्णय गरेको छ ।
यसै विषयलाई लिएर प्रदेशमा कामकाजमा सरुवा भएका केही कर्मचारीले संघका विभागीय मन्त्री अमनलाल मोदीलाई भेटेका थिए ।
भेटमा मोदीले बागमतीले निर्णय गर्दैमा अहिले भइरहेको कामकाज सरुवा दरबन्दीमै पठाइहाल्ने अवस्था नरहेको जवाफ दिएका थिए । मन्त्री मोदीले साउनबाट आफूले दरबन्दी अनुसार नै कमैचारीको सरुवा गर्ने तयारी गरेको बताएका थिए ।
बागमती प्रदेशका एक कर्मचारीले भने,‘ प्रदेशको निर्णय एउटा छ, संघीय सरकारको अर्को छ । हामीले कस्को निर्देशन मान्ने ? निजामति सेवा ऐन नआउँदा हामी कर्मचारी खटनपटनमा जहिल्यै समस्या देखिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोलनको ‘द ओडिसी’ सामाजिक सञ्जालमा लिक, २० लाखभन्दा बढीले हेरे
-
‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग
-
पोखरामा अमेरिकी नागरिकको मृत्यु
-
‘रोल नं. १’ र ‘भागदौड’को आम्दानी कति ?
-
प्रचण्डको निर्वाचन क्षेत्रमा समानान्तर समिति बनाउने प्रयास असफल
-
ठुला प्रविधि कम्पनीविरुद्ध उर्लंदो जनलहर : डाटा सेन्टर रोक्ने विश्वव्यापी अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण