१०० किलो लागु औषध गाँजासहित एक जना पक्राउ
हेटौडा । मकवानपुरका हेटौँडाबाट १०० किलो लागु औषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गएराति २ः३० बजेको समयमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर–४ कर्राबाट १०० किलो ६०० ग्राम लागु औषध गाँजासहित एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेमा चालक जिल्ला गोरखा पालुङटार नगरपालिका वडा नम्बर–३ बस्ने बर्ष ३७ को दुर्गा दर्जी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोस्ट थानाभञ्ज्याङ मकवानपुरबाट खटिएको प्रहरी टोलीले कर्रा स्थित पूर्वपश्चिम राजमार्ग अन्तर्गतको सडक खण्डामा सवारी साधनहरु रोकी चेकजांच गर्ने क्रममा हेटौडाबाट पथलैया तर्फ जादै गरेको बागमती प्रदेश ०३–००१ च १६८८ नम्बरको बोलेरो पिकअप गाडीबाट सो परिणाममा लागु औषध गाँजा बराम गरिएको उनले बताए ।
उनका अनुसार सो पिकअप गाडीमा लुकाईछिपाई ल्याइएको अवस्थामा लागु औषध गाँजा बरामद भएको हो । दर्जीले चलाएको गाडी खानतलासी गर्दा सो गाडीको पछाडीको भागमा खाली क्रेटमुनी बोरा भित्र लुकाई छिपाई गरी ल्याइएको अवस्थामा लागु औषध गाँजा फेला परेको उनले बताए ।
उक्त लागु औषध र गाडी सहित दर्जीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अघि बढाइएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण