ऋणपत्र जारी गर्न नेपाल एसबीआई बैंकले पायो अनुमति
आइतबार, ३१ असार २०८०, १६ : ४५
काठमाडौँ । नेपाल एसबीआई बैंक लिमिटेडले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले नेपाल एसबीआई बैंकलाई ऋणपत्र जारी गर्ने अनुमति दिएको हो। यो बैंकले अब ‘नेपाल एसबीआई बैंक डिबेन्चर–२०८९’ नामक ऋणपत्र जारी गर्ने छ।
बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ ऋणपत्र बिक्री खुला गर्ने छ। जसमा १२ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ भने बाँकी ८ लाख इकाइको सार्वजनिक निष्कासन गरिनेछ।
नेपाल एसबीआई बैंकको यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज पाउनेछन्। नेपाल एसबीआई बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण