आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

शरणार्थी प्रकरणमा छुटेका तुलाधर ललिता निवास प्रकरणमा पुनः पक्राउ

आइतबार, ३१ असार २०८०, १९ : २६
आइतबार, ३१ असार २०८०

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा धरौटीमा छुटेका केशव तुलाधरलाई प्रहरीले पुनः पक्राउ गरेको छ । बालुवाटार स्थित ‘ललिता निवास क्याम्प’को जग्गा हिनामिना प्रकरणमा संलग्न आरोपमा उनलाई फेरि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सिताराम रिजालले रातोपाटीलाई बताए । 

जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधव प्रसाद घिमिरेले आइतबार तुलाधरलाई १५ लाख धरौटीमा छाड्न आदेश गरेका थिए । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगेको मुद्दामा अदालतले उनीसँग १५ लाख धरौटी मागेको थियो । उनले धरौटी बुझाएका छन् । 

काठमाडौँ–३० असनका तुलाधर धरौटी बुझाउनासाथ पुनः पक्राउ परेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी रिजाल भन्छन्–‘तुलाधरलाई सीआईबीको जिम्मा लगाउँछौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप