समाचार
शरणार्थी प्रकरणमा छुटेका तुलाधर ललिता निवास प्रकरणमा पुनः पक्राउ
आइतबार, ३१ असार २०८०, १९ : २६
काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा धरौटीमा छुटेका केशव तुलाधरलाई प्रहरीले पुनः पक्राउ गरेको छ । बालुवाटार स्थित ‘ललिता निवास क्याम्प’को जग्गा हिनामिना प्रकरणमा संलग्न आरोपमा उनलाई फेरि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सिताराम रिजालले रातोपाटीलाई बताए ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधव प्रसाद घिमिरेले आइतबार तुलाधरलाई १५ लाख धरौटीमा छाड्न आदेश गरेका थिए । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगेको मुद्दामा अदालतले उनीसँग १५ लाख धरौटी मागेको थियो । उनले धरौटी बुझाएका छन् ।
काठमाडौँ–३० असनका तुलाधर धरौटी बुझाउनासाथ पुनः पक्राउ परेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी रिजाल भन्छन्–‘तुलाधरलाई सीआईबीको जिम्मा लगाउँछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण