नक्कली भुटानी शरणार्थी प्रकरण
शरणार्थी प्रकरण : केशव तुलाधरलाई १५ लाख धरौटीमा छाड्न आदेश
आइतबार, ३१ असार २०८०, १८ : ५५
काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केशव तुलाधरलाई अदालतले धरौटीमा छाड्न आदेश गरेको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधव प्रसाद घिमिरेले आइतबार तुलाधरलाई १५ लाख धरौटीमा छाड्न आदेश गरेका हुन् ।
भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगेको आरोपमा काठमाडौँ–३० असनका तुलाधर बुधवार पक्राउ परेका थिए । फरार सूचीमा रहेका तुलाधरलाई अदालतले धरौटीमा छाड्न आदेश गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) सिताराम रिजालले रातोपाटीलाई बताए । तुलाधरले अदालतले तोकेको धरौटी बुझाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण