टाइब्रकेरमा नेपालले बंगलादेशलाई ४-२ गोलले हरायो
काठमाडौँ । नेपाली महिला फुटबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा आइतबार बंगलादेशलाई टाइब्रेकरमा ४—२ गोलले हराएको छ । उक्त जितसँगै नेपालले दुई खेलको शृङ्खला पनि आफ्नो पक्षमा पारेको छ । गत शुक्रबार खेलिएको पहिलो खेल १—१ गोलको बराबरीमा सकिएको थियो ।
ढाकाको कमलपुरस्थित विरश्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा आइतबार भएको दोस्रो मैत्रीपूर्ण खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि अतिरिक्त समय नखेलाई सिधै हारजितको निर्णय टाइब्रेकरबाट गरिएको थियो ।
टाइब्रेकरमा नेपालकी सावित्रा भण्डारी, हिरा भुजेल, दीपा शाही, अनिता केसीको प्रहारले विपक्षीको जाली चुमेको थियो । अञ्जना रानामगरको प्रहार भने बारमा लागेर बाहिरिएको थियो । बंगलादेशकी साम्सुनार र मोनिका चक्माले गोल गरेकी थिइन् । तर, मारिया मण्डा र सेइली अजिमको प्रहारलाई भने नेपालकी गोलरक्षक अञ्जना रानामगरले बचाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण