वाग्नर समूहमा नेपाली युवाहरु भर्ती
काठमाडौँ । भारतले गोर्खा भर्तीमा रोक लगाएको झोकमा नेपाली युवा रुसी निजी सेना वाग्नर समूहमा भर्ती भएको बेलायतबाट प्रकाशित द टेलिग्राफ पत्रिकाले लेखेको छ । वाग्नर समूहमा भर्ना भएका नेपालीले बेलारूस र रुसका विभिन्न सैन्य क्याम्पमा भइरहेका तालिममा सहभागिता जनाएको सैन्य मेसमा खाना खाइरहेको, युक्रेनमा युद्ध गर्दाताका आइपर्ने खतराहरूबारे छलफल गरिरहेको भिडियोमा देख्न सकिने समाचारमा जनाइएको छ ।
नेपालीहरू युक्रेनविरुद्ध लड्न गएको घटनाले नेपाल सरकारलाई अप्ठेरोसमेत परेको पत्रिकाको दाबी छ । वाग्नर समूहमा भर्ती हुनका लागि २२ वर्षीय कमल आचार्य गत अप्रिलमा नेपालको चिसापानी गाउँबाट मस्को पुगेका थिए । उनले खिचेको एउटा तस्बिरमा रुसी सेनाले प्रयोग गर्ने राइफल बोकेको देखिन्छ । यस्तै आचार्यका एकजना साथी उमेश शाहीले रुसले युक्रेनविरुद्ध भिड्न राम्रो तलब दिइरहेका कारण वाग्नरमा भर्ती भएको बताएका छन् । उनले लडाइँमा जानु खतरा भए पनि पैसाले लोभ्याएको बताएका छन् । रुसका विभिन्न विश्वविद्यालयमा अध्ययन गरिरहेका नेपाली युवा (गोर्खा) हरूसमेत रुसी सेनामा भर्ती भएको पत्रिकाको दाबी छ । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण