बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

भक्तपुरको चाँगुनारायणमा एभोकाडो सिटी अभियान

सोमबार, ०१ साउन २०८०, ११ : ३८
सोमबार, ०१ साउन २०८०

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा चाँगुनारायण सिटी र एभोकाडो सिटी अभियान शुरु भएको छ । आइतवार एक औपचारिक कार्यक्रमका बीच सो अभियानको शुभारम्भ भएको हो ।

सो अभियानमा चाँगुनारायण नगरभित्र प्रत्येक घरपरिवारलाई एभोकाडो फलको बिरुवा लगाउन प्रेरित गर्ने र प्रतिघर २ वटा बिरुवा समेत निःशुल्क प्रदान गर्ने लक्ष्य लिइएको अभियानका संयोजक नरेश खड्काले जानकारी दिए छन् । ‘यस अभियानलाई ३ वर्षसम्म सञ्चालन गरी चाँगुनारायण सिटीलाई  एभोकाडो सिटीको पहिचान दिने हाम्रो प्रयास रहनेछ’ संयोजक खड्काले भने ।

changunarayan-aviocado (1)

सो अभियानको परिकल्पना र नेतृत्व भने बागमती प्रदेशका मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले गरेका छन्।  सो अभियानका मुख्य संरक्षक समेत रहेका ढकालले आफू चाँगुनारायणवासी पनि भएको भन्दै अभियान सबै स्थानीयको सहभागिता र पहुँचमा सञ्चालन हुने विश्वास व्यक्त गरे । 

कार्यक्रममा चाँगुनारायण क्षेत्रबाट निर्वाचित बागमती प्रदेशसभा सदस्य  सुरेश श्रेष्ठले आफूले सोच्दै आएको कुरा कार्यान्वयन गरी ढकालले अभियानकै रुपमा सञ्चालन गरेको बताउँदै अभियानमा आफ्नो पूर्ण साथ र सहयोग रहने बताए ।

changunarayan-aviocado (2)

प्रदेशसभा सदस्य भुवनकेशरी श्रेष्ठ भावनाले जनस्तरमा सञ्चालन भएको यो अभियानको सफलताको शुभकामना व्यक्त गर्दै आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका लागि जनताले चलाउने अभियानले देश विकासमा टेवा पुग्ने विचार व्यक्त गरिन् ।

changunarayan-aviocado (3)changunarayan-aviocado (4)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप