दक्षिण कोरियामा बाढीका कारण सुरुङमा फसे थुप्रै कार, १३ जनाको मृत्यु
दक्षिण कोरियामा बाढीका कारण एक सुरुङमा पानी भरेको छ । सुरुङमा थुप्रै यात्री फसेका छन् । उद्धारकर्मीले हालसम्म यो सुरुङबाट १३ वटा शव निकालेका छन् ।
चियोंगजु नामको यो सहरको सुरुङमा शनिवार राती एक नदीमा छाल आएपछि पानी भरिएको थियो । बाढीका कारण करिब ६८३ मिटर लामो सुरुङमा थुप्रै गाडी फसेका थिए ।
तीमध्ये अधिकांश कारमा सवार थिए । यसबाहेक सुरुङमा बस पनि फसेको छ ।
सुरुङमा कति जना फसेका छन् भन्ने आधिकारिक सूचना दिइएको छैन । दक्षिण कोरियामा पछिल्लो एक हप्तामा वर्षा र बाढीका कारण ३९ जनाको ज्यान गएको छ ।
अविरल वर्षा र बाढीका कारण देशका विभिन्न ठाउँमा पहिरो गएको छ भने विद्युत् सेवा पनि अवरुद्ध भएको छ ।
सोमबार बिहानसम्म ९ जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन् ।
सुरुङमा फसे मानिस
यो सुरुङ चेङजु सहरको ओसोङ क्षेत्रमा छ । सुरुङबाट निकालिएका शव सबै बसमा सवार थिए । यसबाहेक नौ जनाको जीवितै उद्धार गरिएको छ ।
अधिकारीले समयमै पहल गरेको भए यी व्यक्तिको ज्यान जोगाउन सकिन्थ्यो भन्ने पीडित परिवारको भनाइ छ ।
दक्षिण कोरियाको स्थानीय सञ्चारमाध्यममा धेरै समाचार प्रकाशित भएका छन् जस अनुसार नदीमा बाढी आउन सक्ने चेतावनी दिइएको थियो ।
यो चेतावनीपछि कानुनबमोजिम ट्राफिकलाई सुरुङभित्र प्रवेश गर्न दिनु हुँदैनथ्यो ।
वर्षा, पहिरो र विनाश
यसबाहेक दक्षिण कोरियामा सबैभन्दा बढी मृत्यु ग्याङसाङको पहाडी क्षेत्रमा भएको छ । यस क्षेत्रमा धेरै पहिरो गएका छन्, जसका कारण धेरै घरहरू बगेका छन् ।
देशका बाढी प्रभावित क्षेत्रका हवाई तस्बिरहरू हृदयविदारक छन् । आकाशबाट घरका छाना मात्र देखिन्छन् ।
सरकारी निकायले हजारौँको उद्धार गरेका छन् । शनिबारदेखि जियोसाम बाँधमा पानी आउन थालेको छ । बाँधभन्दा तलतिर बस्ने ६ हजार ४ सय मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
यस्तै धेरै गाउँमा मानिसहरू बाहिर निस्कन सकेका छैनन् र सम्भवतः उनीहरू अझै पनि घरमै थुनिएका छन् ।
गत शुक्रवार चुङचेओङमा पहिरोका कारण रेल ट्र्याकबाट उत्रिएको थियो । तर भाग्यवश त्यो रेलमा कोही यात्रु थिएनन् ।
कोरियाको मौसम पूर्वानुमान महाशाखाले आगामी बुधबारसम्म अझै वर्षा हुने जनाएको छ । मौसमका कारण देशमा खतरा कायमै रहेको महाशाखाले जनाएको छ ।
भारी वर्षाले भारत, चीन र जापानमा पनि ठुलो क्षति पु¥याएको छ ।
यसको पछाडि जलवायु परिवर्तन नै प्रमुख कारण रहेको वैज्ञानिकहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण