केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न कांग्रेस शीर्ष नेता छलफलमा
काठमाडौँ । नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक सुरु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा सोमबार अपराह्न बैठक सुरु भएको हो । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीको केन्द्रीय समितिको बैठकमा पेस गर्ने एजेन्डाबारे आजको छलफल केन्द्रित छ ।
साउन २ गते मंगलबार बस्ने केन्द्रीय कार्यसमिति बैठकको एजेन्डा तय हुने महामन्त्री गगन थापाले बताए । गत २७ असारमा बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक साउन २ सम्मका लागि स्थगित भएको थियो ।
शीर्ष नेताको बैठकबाट केन्द्रीय समितिको बैठकका एजेन्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्ने कांग्रेसको तयारी छ ।
महामन्त्रीद्वयले कार्यसम्पादन समितिबाट भएका निर्णयको अनुमोदन, पार्टी सदस्यता, अनुशासन सम्बन्धी विषय, नीति महाधिवेशनको तिथि मिति, समसामयिक राजनीति लगायतका एजेन्डा बनाएका छन् ।
पार्टीका प्रभाशाली नेता बालकृष्ण खाण मुछिएको नक्कली शरणार्थी प्रकरणको विषयलाई केन्द्रीय कार्यसमिति बैठकको एजेन्डा बनाउने कि, नबनाउने भन्नेमा कांग्रेसभित्र मतभेद छ । बैठकको एजेन्डा नबनेपछि विविध विषयमा नक्कली शरणार्थी प्रकरणको विषय उठाउने कांग्रेसको संस्थापन पक्षको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण